दफा १२
दर्ता हुन नसक्ने
दफा १० मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै स्वदेशी तथा विदेशी संगठित संस्था देहायको अवस्थामा बीमकको रुपमा दर्ता हुन सक्ने छैनः– (क) समितिको कार्यालयमा दर्ता भइसकेको बीमकको नामसंग मिल्ने–गरी अर्को  बीमकको नाम दर्ता गर्न आएमा, र (क१) जीवन विमा तथा निर्जीवन विमा व्यवसाय संचालन गर्ने गरी दर्ता गर्न आएमा, तर यस अघि दर्ता भई जीवन विमा तथा निर्जीवन विमा व्यवसाय संचालन गर्दै आएका बीमकले समितिले तोकेको मितिदेखि तोकिए बमोजिम जीवन विमा तथा निर्जीवन विमा व्यवसाय गर्ने अलग–अलग संस्थाको रुपमा कार्य गर्नु पर्नेछ । (ख) जीवन विमा व्यवसायका लागि कम्तीमा पच्चीस करोड रुपैंया र निर्जीवन विमा व्यवसायका लागि कम्तीमा दश करोड रुपैंया चुक्ता पूँजी नभएमा । (ग) विमा व्यवसायको बजार संबन्धी अध्ययन, अनुसन्धान तथा मूल्यांकन प्रतिवेदनको आधारमा समितिले विमा व्यवसाय संचालन गर्न थप संगठित संस्थालाई बीमकको रुपमा दर्ता गर्न रोक लगाउने निर्णय गरेको अवस्थामा ।